दफा १२
औद्योगिक व्यवसायको परिभाषा र वर्गीकरण

१२. औद्योगिक व्यवसायको परिभाषा र वर्गीकरण

१२.११ २.१ परिभाषा

कुनै व्यक्ति, फर्म वा कम्पनीले आयआर्जन गर्ने उद्देश्य लिई वस्तु उत्पादन वा सेवा प्रदान गर्ने आर्थिक क्रियाकलापलाई यस नीतिको प्रयोजनको लागि औद्योगिक व्यवसाय मानिनेछ ।

१२. २१२. २ औद्योगिक व्यवसायलाई उत्पादन प्रकृति तथा सेवाको आधारमा देहाय बमोजिम वर्गीकरण गरिएको छ ः–

१२.२.१ कृषि तथा वन पैदावारमा आधारित उद्योग कृषि वा वन पैदावारमा आधारित कच्चा पदार्थबाट उत्पादित वा प्रशोधित अनुसूची(१ मा उल्लेख गरिएका व्यवसायहरू,

१२.२.२ उत्पादनमूलक उद्योग तोकिए बमोजिमको मूल्य अभिवृद्धि गरी कच्चा पदार्थ वा अर्ध प्रशोधित कच्चा पदार्थ वा खेर गइरहेको वस्तु प्रयोग गरी वा प्रशोधन गरी मालसामान उत्पादन गर्ने उद्योग,
१२.२.३ निकासीमूलक उद्योग आफ्नो कूल उत्पादनको ५१ प्रतिशत वा सो भन्दा वढी मात्रा विदेशमा निर्यात गर्नेे उद्योग,
१२.२.४ उर्जामूलक उद्योग  जलस्रोत, वायु, सौर्यशक्ति, कोइला, प्राकृतिक तेल तथा ग्याँस, वायो ग्याँस तथा अन्य स्रोतबाट उर्जा पैदा गर्ने उद्योग,
१२.२.५ खानीजन्य उद्योग  धातु तथा अधातु खनिज ( Metallic and Non-Metallic Minerals)  तथा प्रशोधन गर्ने उद्योग,

१२.२.६ पर्यटन उद्योग  पर्यटकहरूलाई सेवा पु¥याउने अनुसूची(२ मा उल्लेख गरीएका व्यवसायहरू,
१२.२.७ निर्माण उद्योग   भौतिक पूर्वाधार निर्माण गरी सञ्चालन गर्ने अनुसूची(३ मा उल्लेख गरिएका व्यवसायहरू,
१२.२.८ सूचना तथा सञ्चार प्रविधि उद्योग  सूचना संकलन, प्रशोधन र प्रसारणको लागि प्रविधि प्रयोग गरी
सूचना, ज्ञान तथा सञ्चार सेवा पु¥याउने अनुसुची(४ मा उल्लेख गरिएका औद्योगिक व्यवसायहरू,
१२.२.९ सेवा उद्योग ( Service Industry )  अनुसूची(५ मा उल्लेख गरिएका उद्योग व्यवसायहरू,

१२.३१२.३ लगानी र प्रकृतिको आधारमा उद्योगको वर्गीकरण देहाय बमोजिम गरिएको छ ः–

१२.३.१ लघु उद्यम ( Micro Enterprises)

यस नीतिको प्रयोजनको लागि लघु उद्यम भन्नाले देहायका शर्त पूरा गरेको व्यवसाय सम्झनु पर्छ ः  घर जग्गा बाहेक बढीमा दुई लाख रूपैंयासम्म स्थीर पुँजी लगानी हुने,
उद्यमी स्वयं व्यवस्थापनमा संलग्न रहेको,
उद्यमी समेत ९ जनासम्म कामदार रहेको,
बार्षिक आर्थिक कारोवार २० लाख रुपैंया भन्दा कम रहेको, र
इन्जिन उपकरण प्रयोग हुने भएमा त्यस्तो इन्जिन वा उपकरणको विद्युत मोटर वा अन्य तेल इन्जीन शक्ति क्षमता १० किलोवाट
भन्दा कम भएको ।

स्पष्टीकरण ः

माथि उल्लेखित शर्तहरू पुरा गरेतापनि अनुमति लिनुपर्ने उद्योग व्यवसाय, मदिरा, वियर, चुरोट विडी वा अन्य सूर्तीजन्य वस्तु
उत्पादन वा प्रयोग हुने व्यवसायलाई लघु उद्यम मानिने छैन । त्यसैगरी एकपटक लघु उद्यम व्यवसायको रूपमा दर्ता भएका उद्यमले
अन्य उद्योगका रूपमा स्तरोन्नति गरेमा सो उद्यम लघु उद्यमको वर्गमा रहने छैन ।

१२.३.२ परम्परागत तथा अन्य घरेलु उद्योग  (Traditional and Other
Cottage Industries)

परम्परागत सीप र प्रविधि प्रयोग गर्ने, स्थानीय कच्चा पदार्थ एवम् स्थानीय प्रविधिमा आधारित औजार उपकरण उपयोग गर्ने, देशको
कला र संस्कृतिसँग सम्वद्ध र १० किलोवाटसम्म विद्युत शक्ति प्रयोग गर्ने अनुसूची ६ मा उल्लेख गरिएका उद्योग व्यवसाय,

१२.३.३ साना उद्योग  (Small Scale Industries)

लघु उद्यम र परम्परागत तथा अन्य घरेलु उद्योग बाहेक पाँच करोड रुपैैंयासम्म स्थीर जेथा भएका औद्योगिक व्यवसाय,

१२.३.४ मझौला उद्योग  (Medium Scale Industies)

पाँच करोड भन्दा वढी पन्ध्र करोड रुपैंयासम्म स्थीर जेथा भएका औद्योगिक व्यवसाय,

१२.३.५ ठूला उद्योग  (Large Scale Industries)

पन्ध्र करोड रुपैंया भन्दा वढी स्थीर जेथा भएका औद्योगिक व्यवसाय, स्पष्टीकरण ः
१) माथि उल्लेखित उद्योगहरूको स्थीर जेथा भन्नाले देहायका चल वा अचल सम्पत्तिहरू पर्नेछन् ।

(क) जमीन र जमीन सुधार (जस्तै जमीन सम्याउने, पुर्ने, पर्खाल लगाउने जस्ता कार्यहरू),
(ख) स्थलीय भौतिक पूर्वाधारहरू (जस्तै ढल निकास, आन्तरिक सडक),
(ग) कार्यालय, कारखाना भवन, गोदाम घर, विद्युत वितरण, पानी वितरण व्यवस्था तथा आवास भवनहरू,
(घ) यन्त्र, उपकरण तथा औजारहरू,
(ङ) परिवहनका साधनहरू,
(च) विद्युत, उपकरण तथा कार्यालय उपकरणहरू,
(छ) फर्निचर, फिक्स्चर तथा फर्निसिङ्ग, संचार व्यवस्था तथा उपकरणहरू,

२) उपदफा (१) मा उल्लेखित सम्पत्तिहरूको अतिरिक्त उद्योगमा लगानी हुनु भन्दा अघि वा निर्माण चरणको विभिन्न अवस्थामा हुने वा भएको पूंजीकृत गरिने प्राविधिक परामर्श र सुपरीवेक्षण खर्च, पूर्व लगानी र पूर्व सञ्चालन खर्च तथा निर्माण अवधिको पूँजीकृत हुने व्याज समेतलाई उद्योगको स्थीर जेथा भनिनेछ ।